एसएसपी यादव झुण्डिएको अवस्थामा फेला

भैरहवा । सङ्घीय प्रहरी इकाई कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव आफू बस्ने क्वाटरमा झुण्डिएको मृत अवस्थामा फेला पर्नुभएको छ ।
आफ्नै कार्यालयको क्वार्टरमा आज दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
परिवार आएपछि घटनास्थल इन्ट्री गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्