८५ वटै स्थानीय तहमा डाटा सेन्टर राख्दै प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ८५ वटै स्थानीय तहमा आफ्नै डाटा सेन्टर राख्ने भएको छ । गण्डकीका सबै तथ्याङ्कहरू राख्नको लागि सरकारले डाटा सेन्टरको स्थापना गर्न लागेको हो ।
डाटा सेन्टर स्थापना गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराको ड्यामसाइडमा मेन कन्ट्रोल डाटा सेन्टर रहने छ भने अन्य स्थानीय तहमा समेत डाटा सेन्टर रहनेछ ।
अहिलेसम्म गण्डकी प्रदेशका सरकारी तथ्याङ्कहरू सङ्घीय सरकारकै मातहतमा छन् । प्रदेश सरकार अन्तर्गतका स्थानीय तह तथा कार्यालयहरूको तथ्याङ्क सुरक्षित राख्न डाटा सेन्टर स्थापना गर्न लागिएको हो ।
एक वर्ष भित्र डाटा सेन्टरको सम्पूर्ण काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । डाटा सेन्टर स्थापना पछि आवश्यक पर्ने सबै किसिमका डाटाहरू सहज तवरले पाउन सकिनेछ ।








प्रतिक्रिया राख्नुहोस्