२ सय ६० जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ । आज देशभरि थप २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ८ सय ९८ जनाको नमुना परीक्षण गर्दा २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ३ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन्, भने कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।
देशभरि ५ हजार ४८ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।
यसै गरी आज ३ लाख २९ हजार ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्