तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल दायित्व र जिम्मेवारीका साथ प्रतिस्पर्धी बन्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीतिमा स्पष्ट दुई धार देखिएको बताउनुभएको छ ।

रेडियो नेपाल कर्मचारी युनियनको आठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनका दलहरूको एजेन्डा र नेकपा  एमालेको एजेन्डा फरक भएको बताउनुभयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनका दलहरू बीचमा कुनै पनि एक मतको एजेन्डा नभएकोले एमालेको सुखी नेपाली, समृद्ध नेपालको एजेन्डा असफल पार्न लागिपरेको आरोप लगाउनुभयो ।

उहाँले रेडियो नेपाल ऐतिहासिक महत्त्व बोकेको संस्था भएकाले दायित्व र जिम्मेवारीका साथ प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले समिति सम्बद्ध सबै ट्रेड युनियनसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले ८९ प्रतिशत नागरिकमा रेडियो नेपालको पहुँच पुगेको भन्नुहुँदै  रेडियो नेपालले सबै वर्ग, क्षेत्र र सम्प्रदायका गतिविधिहरू समेट्न सफल भएको बताउनुभयो ।

उद्घाटन सत्रमा रेडियो नेपाल सञ्चालक समितिका सदस्य टिका भण्डारी र रेडियो  नेपाल सम्बद्ध विभिन्न ट्रेड युनियनका अध्यक्ष एवं प्रतिनीधिहरुले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी, रेडियो नेपाल कर्मचारी युनियनले रेडियो नेपालको चैत २० गते हुने वार्षिक उत्सवमा  दुई जना कर्मचारी पुरस्कृत गर्ने घोषणा गरेको छ । 

युनियनले प्रादेशिक प्रसारण केन्द्र पोखराका प्रशासकीय अधिकृत सुरेन्द्रबाबु तिवारी र प्रादेशिक प्रसारण केन्द्र दिपायलका कार्यालय सहयोगी श्रीकृष्ण भट्टलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button