तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटनामा एकको मृत्यु

मेलम्ची । मेलम्ची नगरपालिका १० शिखरपुरमा महेन्द्र निसान दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

आज बिहान बा २ ख ३६८९ नम्बरको महेन्द्र निसानबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो । 

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयले बताएका छन् । दुर्घटनामा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताउनुभयो । कार्की गाडी धनी हुन् । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button