तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पार्टीले कम्युनिस्ट सिद्धान्तको बाटो बिरायो : नेपाल

सल्यान । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेले कम्युनिस्ष्ट सिद्धान्तको बाटो बिराएको बताउनु भएको छ । कम्युनिस्ष्ट सिद्धान्तमा हिँडाउन हर सम्भव प्रयास गर्दा पनि नसकेपछि त्यसबाट विद्रोह गरेर अर्को पार्टी गठन गरेको उहाँको भनाई छ । 

बिहीबार सल्यानको सल्लीबजार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेको सूर्य चुनाव चिन्हमा ग्रहण लागि सकेकाले कलम चिन्ह र आफ्नो पार्टी अघि बढ्ने दाबी गर्नुभयो । केपी ओली काम गर्ने भन्दा पनि गफाडी नम्बर एक भएको उहाँको आरोप रहेको छ । 

मार्क्सवादी, लेनिनवादी र कम्युनिस्ट सिद्धान्तलाई आफूहरूले अवलम्बन गर्दै अघि बढेको उहाँको दाबी छ । केपी ओलीले बाटो बिराएर दुई दुई पटक संसद् विघटन गरेको बताउँदै उनले संविधान र सङ्घीयतालाई मिच्ने काम गरेको उहाँले बताउनुभयो । 

आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्ति एकताबद्ध भएर जाने समेत उहाँले बताउनुभयो । आउँदै गरेको राष्ट्रिय सभाको चुनावमा पनि एमालेलाई पराजित भई लोकतान्त्रिक पक्षधरको नै विजयी हुने बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button