तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ९३ जना कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौँ । आज देशभरि थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा २ सय ६३ जना कोरोनाबाट मुक्त भएका छन् । 

त्यस्तै, आज कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।  देशभरि ५ हजार १ सय ६१ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । 

यसैगरी, आज २ लाख ८२ हजार ६ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९८ लाख ३८ हजार ३ सय ७६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button