तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

नेपालगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन नेपाल बाँके शाखाले आज बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने पक्षमा आफू रहेको बताउनुभयो ।

उहाँले एमसीसीको बारेमा कार्यदलले विस्तृत छलफल गरेपछि सत्ता गठबन्धनले थप निर्णय लिने बताउनुभयो । 

अध्यक्ष नेपालले नेपाली जनताको विश्वास जित्ने गरी आफूहरू अघि बढ्ने उल्लेख गर्नुभयो ।   प्रतिगमन आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै उहाँले त्यसका विरुद्ध निरन्तर सङ्घर्ष भइरहने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button