स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
कास्की । कास्कीको नौ डाँडामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको नौ डाँडामा गए राती स्कुटर दुर्घटना हुँदा ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नौ डाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१ प४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जना सोही गाउँपालिकाका रहेका छन् ।
मृतक सुवेदीले चलाएको स्कुटर गए राती १२ः०० बजे ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्