तपाईँ सुन्दै हुनुहुन्छः

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन

काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसङ्गठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसङ्गठन संयन्त्रका बुधवारको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुङ्गेल, विष्णु रिजाल र रचना खड्का रहनुभएको छ ।

कार्यदलले जनसङ्गठनका पदाधिकारी कति जना रहने रु जनसङ्गठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने रु जनसङ्गठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पु¥याउने रु भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ । संयन्त्रकोको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button