तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लबको एकल अग्रता

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको समाप्तिमा मनाङ मर्स्याङ्दी क्लबले एकल अग्रता बनाएको छ । 

शीर्षस्थानको दौडमा रहेको अन्य टोली बराबरीमा रोकिनु र आफूले जितको सिलसिलालाई निरन्तरता दिएपछि मनाङले दोस्रोको टोलीसँग २ अङ्कको स्पष्ट अग्रता बनाएको छ ।

सातौँ चरणको समाप्तिमा एएफसी लाइसेन्स प्राप्त ४ क्लबमध्ये माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने भएकाले पनि मनाङलाई पाँचौँ चरणको नतिजाले फाइदा पुगेको छ । 

यद्यपि दुई चरणको खेल अझै बाँकी रहेकाले दोस्रो स्थान मच्छिन्द्र फुटबल क्लब र तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको सम्भावना पनि बाँकी छ ।

पहिलो पटक ए डिभिजन लिग पोखरामा आयोजना गर्नका लागि मनाङले पहल लिएको थियो । त्यही क्रममा पाँचौँ चरणको खेलमा मनाङले पुलिसलाई ३–१ ले पराजित गरेको थियो । 

त्यस यता पाँचौँ चरणका अन्य खेलमा आर्मीले सात दोबाटो यूथ क्लबसँग १–१ को बराबरीमा रोकियो । त्यस्तै मछिन्द्रले सङ्कटा क्लबसँग बराबरी खेलेको थियो ।

पाँचौँ चरणका ७ खेलमा ४ खेलमा हार जितको नतिजा निस्कँदा ३ खेल भने बराबरीमा टुङ्गिएका थिए । पाँचौँ चरणमा मनाङसँगै जावलाखेल यूथ क्लब, हिमालयन शेर्पा र एपिएफ क्लबले पहिलो जित दर्ता गराए । 

जावलाखेलले च्यासल यूथ क्लबलाई १–० ले, शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई र एपिएफले फ्रेन्ड्सलाई समान ३–१ ले हराए । अर्को खेलमा भने थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेले । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button