तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा उत्साहपूर्ण वृद्धि

काठमाडौँ । बुधवार नेपाली शेयर बजारको परिसूचक नेप्सेमा भएको कारोबारमा उत्साह देखिएको छ । 

यो साता पहिलो कारोबार दिन (सोमबार) घटेको बजार मङ्गलवारबाट भने बढ्न सुरु भएको हो । यो लय बुधवार समेत कायम रह्यो । आइतबार नेपाल राष्ट्र बैङ्कले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको पछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।

मङ्गलवार ५६.७३ अङ्कले बढेको शेयर बजार बुधवार भने ९२.१६ अङ्कले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो । यो वृद्धि सँगै बजार २५०७.७० अङ्कमा पुगेको छ । बुधवार कुल २३३ कम्पनीका ५५ हजार ९ सय ९७८ वटा कारोबारहरूबाट ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार रुपैयाँमा शेयरहरूको किनबेच भएको छ ।

बुधवार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । यस दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, वरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button