देशभर थप २ सय ३६ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप एक जनामा पुष्टि भएको छ ।
विदेशबाट आएका ५८ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।
सह प्रवक्ता अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका अन्यलाई कनट्र्याक्ट ट्रेसिङमा राखिएको छ ।
यसअघि मङ्सिर २० गते ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा रहेका ७१ वर्षीय व्यक्ति गरी दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।
यसैगरी ,आज देशभरि थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ३ सय ९ जनामा गरिएको नमुना परीक्षणमा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा २ सय ७२ जना सङ्क्रमणमुक्त भएका छन् । आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्