तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बागमती प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दलले गठबन्धन सरकारले भागबण्डाको नाममा राज्य स्रोतको दुरुपयोग गरेकोलगायत विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेको जवाफको माग गर्दै बैठक अवरुद्ध गरेपछि भोलि सम्मका लागि प्रदेशसभा  बैठक स्थगित भएको हो ।

आजको बैठकमा एमाले नेता एवं पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले भागबण्डाको नाममा ७ वटा मन्त्रालयलाई १४ वटामा वृद्धि गरेर राज्यको स्रोतको चरम दुरुपयोग गरेको, आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्त्वका योजनाहरूको कटौती विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले जवाफ नदिएसम्म प्रदेशसभा चल्न नदिने बताउनुभएको थियो । 

पौडेलले बोलेपछि एमाले सांसदहरुले प्रदेशसभा अवरुद्ध गर्नुभएको थियो । बैठक अवरुद्ध भएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक पुस ८ गते बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button