शिविर मार्फत १४१ जनाको आँखाको शल्यक्रिया
सिन्धुपाल्चोक । मेलम्चीमा आयोजित शिविर मार्फत १४१ जनाको आँखाको शल्यक्रिया गरिएको छ । पुस ५, ६ र ७ गते सञ्चालित शिविरमा १४१ को मोतिया विन्दुको शल्यक्रिया गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्ची र भिजन हिमालय फाउन्डेसन स्विट्जरल्यान्डको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा शिविर सञ्चालन गरिएको थियो । हेलम्बु, मेलम्ची, पाँच पोखरी र इन्द्रावतीमा शिविर गरी मोतिया विन्दुका बिरामी छनौट गरिएका थिए ।

चार स्थानमा सञ्चालित शिविरमा ९०४ जनाको आँखा जाँच गरिएकोमा १४१ को आँखा अप्रेसन गरिएको मेलम्ची सामुदायिक आँखा केन्द्रका प्रमुख विमल बहादुर बिसीले जानकारी दिनुभयो । डा वन्दना खनालको नेतृत्वमा निःशुल्क शल्यक्रिया गरिएको हो ।
शिविरमा शल्यक्रिया गरिएका बिरामीहरू र कुरुवाका लागी लक्ष्मी बैङ्कले जाउलो र नपाल रेडक्रस सोसाइटीले ओढ्ने र कम्बलको व्यवस्था गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्