तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी भूमिका निर्वाह गर्दै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि

काठमाडौँ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् । 

दलित महिला केन्द्र नेपालले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा  नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धमेन्द्र झाले गएको निर्वाचनमा स्थानीय तहमा निर्वाचित महिलाले गरेका राम्रा कामहरू  समाचार बन्न नसकेको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले अहिले उपप्रमुखका रुपमा रहेका ९७ प्रतिशत महिलाले प्रमुखको जिम्मेवारी सम्हाल्न सक्ने गरी नेतृत्व विकास गरेको बताउनुभयो । 

त्यस्तै, लैङ्गिक विश्लेषक तथा वरिष्ठ पत्रकार आरती चटौतले  जन निर्वाचित महिलाले समेत विभिन्न खाले हिंसा भोग्न परेको उल्लेख गर्दै समग्रमा उनीहरूको नेतृत्व सफल भएको बताउनुभयो । 

छलफलमा सहभागी पत्रकारहरूले महिला जनप्रतिनिधिले गरेका कामकारबाहीको समाचार यथेष्ट मात्रामा आउन नसकेको बताएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button