तपाईँ सुन्दै हुनुहुन्छः

अछाम १२ देखि १७ बर्ष उमेर समूहका ३९ हजारलाई मोर्डना खोप लगाइँदै

अछाम । अछाममा ३९ हजार बालबालिकालाई विद्यालयमै कोरोना भाइरस विरुद्धको मोर्डना खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय अछामको सहकार्यमा जिल्लाका  दश वटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने  बालबालिकालाई उक्त खोप लगाउन लागेका हुन् ।

विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेर समूहका ३९ हजार ६१ जना बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ । जिल्लाका १० वटै पालिकामा आजबाट बालबालिकालाई विद्यालयमै खोप लगाउन सुरु गरिने ढुङ्गानाले बताउनुभयो । तर कमलबजार नगरपालिमा भने ९ गतेबाट मात्रै खोप अभियान सुरु गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

अछामका विभिन्न ३ सय ४७ विद्यालयका विद्यार्थीका लागि २ सय ५० खोप केन्द्र मार्फत ती  बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

सबै पालिकाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोर्डना खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानले आग्रह गर्नुभयो ।

सरकारले बालबालिकालाई सजिलोको लागि विद्यालयबाटै खोप दिन थालेको बताउँदै कार्यालय प्रमुख ढुङ्गानाले खोपको लागि आफ्नो विद्यालय वा वडामा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button