तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा स्वास्थ्य बीमा प्रभावकारी भएन

सल्यान । आर्थिक अभावले उपचारबाट वञ्चित हुन नदिन सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम सल्यानमा प्रभावकारी नदेखिएको पाइएको छ । 

सङ्घीय सरकारले तामझामसहित सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अधिकांशलाई जानकारी नहुँदा प्रभावकारी बन्न नसकेको हो । 

विश्वभर फैलिएको कोरोना महामारीका कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा सल्यानमा मात्र नभई देशभर प्रभावकारी नदेखिएको स्वास्थ्य बीमा कार्यक्रम सल्यानका जिल्ला संयोजक लालबहादुर खड्काले बताउनुभयो । 

उहाँले भन्नु भयो “कार्यक्रम सञ्चालन गरेको केही महिनापछि नै कोरोनाका कारण लकडाउन भयो जसका कारण लक्षित समुदायलाई बीमाको बारेमा जानकारी गराउन पाइएन ।” 
एक वर्षको अवधिमा जिल्ला ६ हजार २ सय जनाले मात्र स्वास्थ्य बीमा गराएको खड्काको भनाई छ । 

लकडाउन खुलेसँगै सल्यानका ८३ वटै वडामा कार्यरत दर्ता सहयोगी गाउँ गाउँमा पुगेको र पालिका स्तरमा अभिमुखीकरण गरेपछि सीमितको सङ्ख्यामा वृद्धि आउनेको उहाँको विश्वास रहेको छ । बीमा संस्थाले मात्रभन्दा पनि सरकारले सरकारी स्वास्थ्य सेवा सुधार गर्नुपर्ने उहाँको भनाई छ ।

आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सरकारले बीमा कार्यक्रम ल्याएको तर्क गर्दै उहाँले सरकारी स्वास्थ्य सेवा प्रभावकारी भए स्वास्थ्य बीमा प्रति नागरिकहरू पनि आकर्षित हुने बताउनुभयो । 

वर्षको तीन हजार पाँच सय रुपैयाँ तिरेपछि परिवारका पाँच जनाले एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउँछन् । पाँच जनाभन्दा बढी सदस्य भएका परिवारको हकमा भने प्रतिव्यक्ति सात सय रुपैयाँ बीमा थप तिर्नुपर्छ । बीमा गरे पनि जुनसुकै अस्पताल वा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भने हुँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button