तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोटमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

परपुरुषसँग लागेको आरोप लगाउँदै गुर्भाकोट नगरपालिका–१३, भक्तपुरका ७१ वर्षीय भीमबहादुर परियारले आज बिहान आफ्नी श्रीमती ६९ वर्षीया गौमाया परिवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले हत्या आरोपित भीमबहादुरलाई  पक्राउ गरी हत्यामा प्रयोग गरिएको लट्ठीसमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भइसकेको बताउनुभयो । 

उहाँले प्रहरीको प्रारम्भिक अनुसन्धानमा भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएको झोकमा श्रीमतीको हत्या गरेको बताएको जानकारी दिनुभयो । 

६९ वर्षीया वृद्ध महिला कसरी परपुरुषसँग लाग्न सक्नुहुन्छ ? अहिले नै पीडकको यहीँ बयान मात्रै आधिकारिक मान्ने अवस्था नरहेकाले बाँकी कुरा अनुसन्धानबाटै खुल्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button