समयमै जनप्रतिनिधि दिन निर्वाचन आयोग तयार : प्रमुख निर्वाचन आयुक्त थपलिया

धुलिखेल । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयमै जनप्रतिनिधि दिन निर्वाचन आयोग तयार रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगको धुलिखेलमा आजदेखि सुरु भएको निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी महिला पत्रकारहरूसँगको कार्यशालाको उद्घाटन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले स्थानीय सरकार रिक्त रहने अवस्थाको कल्पना गर्न नसकिने भन्दै समय सीमा भित्र नै निर्वाचन गराउने कार्यको पूर्व तयारीमा आयोग लागिसकेको जानकारी दिनुभयो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र , विश्वसनीय र मितव्ययी बनाउन आम सञ्चारमाध्यमलाई गम्भीरता साथ अघि बढ्न समेत आग्रह उहाँले आग्रह गर्नुभयो ।
कार्यशालामा विभिन्न पत्रपत्रिका , रेडियो , टेलिभिजन र अनलाइनमा संलग्न महिला पत्रकारहरूको सहभागिता रहेको छ।








प्रतिक्रिया राख्नुहोस्