तपाईँ सुन्दै हुनुहुन्छः

मलेसियामा बाढीबाट १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित

क्वालालम्पुर  । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

सो बाढीमा परी अरू ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलवार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरूको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँका सात राज्यमा नै बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button