तपाईँ सुन्दै हुनुहुन्छः

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय परिषद्ले आज बुधबारका लागि न्याय सेवा आयोगको बैठक डाकेको छ ।

बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको न्याय परिषद्को सचिवालयले जनाएको छ । गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने लगायतका विषय राखेर न्याय सेवा आयोगको बैठक डाकिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

“न्याय सेवा आयोगको आज ३ बजे बैठक बोलाइएको छ”, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भन्नुभयो, “जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।”

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button