८० प्रतिशत बजेट कार्यान्वयन गर्न प्रदेश अर्थमन्त्रीको निर्देशन
पर्वत । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मङ्गलवार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले सीमित श्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिनुभयो ।

मन्त्री बरालले गत वर्षको ७३ प्रतिशत बजेट खर्च भएकोले यस बर्ष थप बजेट खर्च गरी नतिजा दिनु चुनौती भएको जनाउनुभयो ।
प्रदेश अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर गर्न नहुने बताउनुभयो । उहाँले तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्