तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर २ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

१७ हजार ८९ नमुनाको परीक्षण गर्दा २ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज सङ्क्रमित २ सय ३२ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत सङ्क्रमित निको भइसकेको हुन् । 

सङ्क्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७७ पुगेको छ । 

आज देशभरिका २ लाख ४७ हजार ८ सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयको जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button