तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा पौडेल विजयी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । पौडेलले अर्का प्रत्याशी दीनानाथ गौतमलाई पराजित गर्नु भएको हो ।

पौडेलले १६२ मत प्राप्त गर्नु भयो भने गौतमले ८६ मत प्राप्त गर्नु भएको थियो । साथै उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी विजयी बन्नु भएको छ भने सचिवमा इन्द्र बहादुर थिङ, सहसचिवमा क्रमशः दल बहादुर बुर्लाकोटी “विजय”, माधव लामिछाने “समीर” र प्रकाश श्रेष्ठ विजयी बन्नु भएको छ भने कोषाध्यक्षमा संगिता भट्टराई विजयी बन्नु भएको छ ।

नेकपा माओवादी केन्द्रले पहिलो पटक निर्वाचनमार्फत प्रदेश पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button