तपाईँ सुन्दै हुनुहुन्छः

प्रेसका अधिकार कुण्ठित गरिने कार्य स्वीकार्य हुँदैन : काँग्रेस महामन्त्री शर्मा

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त प्रेसका अधिकार कुण्ठित गरिने कार्य कदापि स्वीकार्य नहुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले देशका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न सक्ने परिवर्तित काँग्रेस निर्माणमा ध्यान केन्द्रित गरिने बताउनुभयो । 

कार्यक्रममा, नेपाली काँग्रेसका तत्कालीन प्रचार विभाग प्रमुख एवं नवनिर्वाचित महामन्त्री शर्मा र नेपाल प्रेस युनियनका तत्कालीन महासचिव एवं नवनिर्वाचित केन्द्रीय सदस्य अजयवावु शिवाकोटीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । 

कार्यक्रममा, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले काँग्रेस पाटीलाई थप सक्रिय र मजबुत बनाएर अगाडि बढाउनेमा विश्वस्त रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button