तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी परियोजना सम्झौता अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

File Photo

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनालाई अगाडि बढाउने नेपाल सरकारको दायित्व रहेको बताउनुभएको छ ।

यसअघिका सरकारहरूकै पालामा उक्त परियोजनाका लागि प्रक्रियाहरू अगाडि बढाइएको र नेपालको विकासका लागि परियोजनासँग नेपाल सरकारले सम्झौता गरेकाले एमसीसीलाई अगाडि बढाउनु सरकारको दायित्व रहेको बताउनुभयो ।

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुग्नु भएका गृहमन्त्री खाँणले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताउनुभयो ।

नेपाल सरकारलाई परियोजनाले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको जानकारी गराउनुभयो ।

गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडि बढाउनुभन्दा पहिले सहमति र सहकार्य आवश्यक रहेकाले सरकार यसको तयारीमा लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button