कैलालीमा हत्या गरिएका दासको शव उठाइयो, एक जना प्रहरी नियन्त्रणमा

टीकापुर, कैलाली । गएको शनिवार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव आज उठाइएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन् ।
उनको शव पोष्टमार्टमका लागि अहिले टीकापुर अस्पतालको शव गृहमा राखिएको र प्रहरीमा जाहेरी दिने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र त्यसको नाममा पनि किटानी जाहेरी आए नाम सार्वजनिक गरिनेछ । दासको बीभत्स हत्यापछि एउटा अडियो बाहिरिएको र त्यो रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
यस्तै श्रमिक समुदाय मोर्चा नेपालले जानकी गाउँपालिका वडा नम्बर ९ का अर्जुन दासका हत्यारालाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गरेको छ । मेर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका आपराधिक घटनाहरूमा राज्यको उदासीनता र राजनीतिक संरक्षणका कारण आपराधिक गिरोह सक्रिय भई उन्मुक्ति पाएको भन्दै दोषीलाई छिटै कानूनी दायरमा ल्याउन माग गरिएको छ । यदि अन्यथा श्रमिक मोर्चा नेपाल आन्दोलित हुन बाध्य हुने पनि विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्