तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ‘ए’ डिभिजन लिग: एपीएफको पहिलो जित

काठमाडौँ । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो । एपीएफलाई जित दिलाउन आशिष् लामाले दुई गोल गरे । यस्तै बिकी तामाङको नाममा एक गोल रह्यो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरुआतमा एपीएफ विरुद्ध फ्रेन्ड्सले लगातार आक्रमण गर्‍यो । तर, गोल निकाल्न सकेन । यस जितसँगै एपीएफले ५ खेलमा ४ अङ्क जोडेको छ । एपीएफ ११ औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ५ खेलमा २ अङ्क जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।

खेलमा एपीएफका आशिष् लामा म्यान अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर एपीएफकै  आवाश लामिछाने चुनिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button