तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा विद्युतीय राहदानी वितरण प्रक्रिया सुरु

मकवानपुर । मकवानपुर जिल्लामा आइतबारबाट विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि विद्युतीय राहदानी वितरणका लागि प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको हो । 

राहदानी विभागले काठमाडौँबाट मङ्सिर १ गतेदेखि नै विद्युतीय राहदानी जारी गर्ने कार्य सुरु गरेको थियो । विद्युतीय राहदानीका लागि मकवानपुर जिल्ला छनौट गरी मिति र समय निश्चित गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

अहिले प्रारम्भिक चरणमा दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य सुरु गरिएको जनाइएको छ । क्रमशः कोटा वृद्धि गरिँदै लगिने समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button