तपाईँ सुन्दै हुनुहुन्छः

‘खप्तड बाबा प्रेरक सन्यासी’ विमोचन

अछाम । ‘खप्तड बाबा प्रेरक सन्यासी’ पुस्तकको विमोचन गरिएको छ । अछामको साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर निवासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको विमोचन गरिएको हो । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा प्रकाश पारिएको छ ।

पर्यटक सूचना केन्द्र साँफेबगरका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुवर हुनुहुन्थ्यो । 

कार्यक्रमका पुस्तकका लेखक यमराज कुवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठुलो योगदान गरे पनि उहाँको योगदानको कदर हुने खालको सुदूरपश्चिममा कुनै पनि कार्यक्रम हुन नसकेको बताउनुभयो ।

खप्तड बाबाका बारेमा अनेकौँ प्रश्न र जिज्ञासाहरू रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button