चारआली जङ्गलमा भरुवा बन्दुक, बारुद र खुकुरी फेला
झापा । झापाको चारआली जङ्गलमा सोमबार भरुवा बन्दुक, खुकुरी र बारुद फेला परेको छ ।
नेपाली सेनाले मेचीनगर– १३ स्थित चारआली जङ्गलबाट ती सामग्री फेला पारेको हो ।

नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जङ्गलभित्र दुई जना मानिस बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुग्दा सेनालाई देखेर ती मानिस त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिनुभयो ।
जङ्गलभित्र शिकार खेल्न हातहतियारसहित शिकारी आउने गरेको र भागेका मानिस पनि शिकारी नै हुनसक्ने उहाँले बताउनुभयो । बरामद गरिएको बन्दुकसहितको सामग्री वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगेको नेपाली सेनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्