तपाईँ सुन्दै हुनुहुन्छः

देशभर आज २ सय २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

४ हजार १ सय ४१ नमूना परिक्षण गर्दा २ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज २ सय ६३ संक्रमित निको भएका छन् । हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । 

आज संक्रमित एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७४ पुगेको छ । 

आज देशभर ८६ हजार ५ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button