तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार क्रियाशील : मन्त्री आले

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

आज धनगढी नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री आलेले पर्यटन क्षेत्रको प्रवर्द्धन, संवर्द्धनमा आफू लागि परेको बताउनुभयो । उहाँले पर्यटन बोर्डको कार्यालय स्थापनाले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा थप टेवा पुग्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, पर्यटन क्षेत्रमा क्रियाशील सरकारी तथा निजी क्षेत्र लगायतको सहभागिता रहेको थियो । 

नेपाल पर्यटन बोर्डको स्थापना भएको दुई दशकपछि पहिलो पटक धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना भएपछि सरोकारवालाहरू खुसी देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button