कञ्चनपुरमा पहिलो चरणमा ५ हजारभन्दा बढी मतदाता थपिए
कञ्चनपुर । कञ्चनपुर जिल्लामा पहिलो चरणमा सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यमा ५ हजार ६ सय ९६ जना नयाँ मतदाता थपिएका छन् ।
मङ्सिर १७ गतेबाट जिल्लाका चार वटा पालिकाहरूमा पहिलो चरणमा मतदाता नामावली सङ्कलन टोली परिचालन गरिएको थियो ।
जस अनुसार दोधारा चाँदनी नगरपालिकामा १ हजार २ सय ४६ जना, कृष्णपुर नगरपालिकामा २३ सय ,वेदकोटा ९ सय ११ र बेलौरीमा १ हजार २ सय ३९ जना नयाँ मतदाता गरी जम्मा ५ हजार ६ सय ९६ जना थपिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख उदय राज जोशीले दोस्रो चरणमा हिजो पुस ४ गतबाट शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाडी गाउँपालिकामा मतदाता नामावली सङ्कलन टोली खटिएको बताउनुभएको छ ।
उक्त टोलीले पुस १८ गतेसम्म पालिकाहरूको केन्द्रमा बसेर काम गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्