तपाईँ सुन्दै हुनुहुन्छः

पुरातत्त्व विभागको कार्य प्रगति र भावी योजनाका सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुरातत्त्व विभागको हालसम्मको कार्य प्रगति र भावी योजनाका सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कोरोनाका कारण लक्ष्य अनुरूपको प्रगति हासिल गर्न नसकेको भन्दै विभिन्न समयमा विदेशमा चोरी निकासी गरी बिक्री गरिएका पुरातात्त्विक वस्तु र मूर्तिहरू फर्काउन परराष्ट्र मन्त्रालय र मातहतका विभागहरूसँग सहकार्य गरी प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले महानिर्देशक गौतमलाई खर्च भए अनुरूप कार्य प्रगति नहुनुको कारणबारे प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button