तपाईँ सुन्दै हुनुहुन्छः

ठेक्का सुरु भएको चार वर्ष पछि बल्ल सडक पिच हुँदै

नवलपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीको सडकले अहिले निर्माण गति लिएको छ ।

पछिल्लो पटक ठेकेदार कम्पनीलाई अन्तिम पटक सरकारले म्याद उपलब्ध गराएपछि कामले गति लिएको छ । चार वर्ष सम्म ठेकेदारले कामनै नगर्दा सदरमुकाम परासीबासिले सास्ती भोग्दै आएका थिए ।

सदरमुकाम परासीको झरही खोला देखि बुद्ध चोक हुँदै मन्जरीया चोक सम्मको सडक पक्की गर्न काम भइरहेको छ । सङ्घीय सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत १६ करोड ९४ लाखको लागतमा उक्त सडक निर्माणको ठेक्का गौरी पार्वती निर्माण सेवा काठमान्डौले पाएको थियो ।

सडकको सबै काम सक्न ठेकेदारलाई यसै वर्षको चैत सम्मको समय सरकारले उपलब्ध गराएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले जानकारी दिनुभयो । सडक नबन्दा जनतालाई सास्ती भइरहेको बताउँदै नगरपालिकाले समयमै सडक बनाउन पटक पटक ताकेता गर्दे आएकोमा बल्ल निर्माण कार्यले गति लिएको गुप्ताले बताउनुभयो । अहिले ठेकेदारले सडक पिच गर्ने काम सुरु गरेको छ । अझै पोखरापालीमा पुल निर्माणको काम बाँकी छ ।

सदरमुकाम परासीकै वुद्धचोक देखि निलोगेट सम्मको डेढ किलोमिटर सडक पनि झन्डै चार वर्षमा निर्माण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button