कांग्रेस महाधिवेशन : महिला खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौँ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महिला खुला र मुस्लिम तर्फको केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
हिजो राति देखि मत गणना सुरु भएको र केही बेरमा मतगणना सकेर रुजु गर्ने काम थाल्ने काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
सचिव श्रेष्ठले महिला खुला र मुस्लिम तर्फका केन्द्रीय सदस्यको मतगणना सकिए लगत्तै प्रदेश १ र थारु तर्फका केन्द्रीय सदस्यको मतगणना सुरु गरिने बताउनुभयो ।
पदाधिकारीको मत परिणाम आइसकेपछि केन्द्रीय सदस्यहरूको गणना भइरहेको छ । हिजो साँझ पुरुष खुला तर्फ ३५ जना सिटका लागि भएको गणना सकिए लगत्तै महिला खुला तर्फ ९ जना र मुस्लिम तर्फ ३ जना केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्