तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको तापक्रममा हल्का सुधार, ३.६ डिग्रीसेल्सियस मापन

काठमाडौँ।काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएको थियो ।

‘अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,’ मौसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु वासीले भनुभयो , ‘यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिँदै जाँदा चिसो अझ बढ्छ ।’

काठमाडौँमा मङ्सिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो । देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेकाे छ ।

तराईमा हुस्सु/कुहिरो लाग्ने गरेको छ ।महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।

मङ्गलवार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button