अनावरण गर्न राखिएको सालिक चोरी
मकवानपुर । मकवानपुरमा अनावरणका लागि तयार गरिएको सालिक चोरी भएको छ ।
आइतबार अनावरणका लागि राखिएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको सालिक शनिबार राति नै चोरी भएको हो ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजार स्थित ज्योति पुस्तकालय परिसरमा स्थापना गरिएको कवि श्रेष्ठको अर्ध कदको सालिक आइतबार अनावरण गर्ने कार्यक्रम रहेको थियो ।

सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सहित गाउँपालिका अध्यक्ष हिदम लामा लगायत साहित्यकारको टोली पुस्तकालय परिसर पुग्दा सालिक राखिएको ठाउँबाट रड नै दोबारेर चोरिएको देखेर निराश हुनुभयो ।
उहाँहरूले कवि श्रेष्ठको सालिक चोर पत्ता लगाई कारबाहीको माग गर्दै भीम फेदीमा शान्तिपूर्ण जुलुससहित सभा गर्नुभएको थियो । यता, प्रहरीले सालिक चोरी गर्नेको खोजी भइरहेको बताएको छ ।
करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक इलाका प्रहरी कार्यालयबाट करिब २ सय मिटर पर पुस्तकालय परिसरमा स्थापना गरिएको थियो । बिस १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मनु भएका श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो ।

लोक कवि श्रेष्ठले दुई थुङ्गाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेख्नुभएको थियो । श्रेष्ठलाई लोक कवि पदवी लोक साहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्