नक्कली रुपैयाँसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित सीमा इलाकाबाट नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजारभन्दा बढी नगद र ४७ हजारभन्दा बढी ५ सय दरका भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका बेला छड्के जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले भारत घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमारलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्