तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको शुभारम्भ

मकवानपुर । हेटौँडामा आइतबार (आज) बाट १२ देखि १८ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान शुभारम्भ भएको छ । 

आइतबार एक कार्यक्रमबिच नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले हेटौँडामा खोप अभियानको शुभारम्भ गर्नुभएको हो । 

सरकारले आजबाट कोरोना भाइरस विरुद्ध १२ देखि १८ बर्ष उमेर समूहका बालबालिकाहरूलाई मोर्डना खोप दिन सुरु गरेको छ । 

त्यस अवसरमा मन्त्री खतिवडाले विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको बताउनुहुँदै खोप अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा दुई लाख भन्दा धेरै बालबालिकाले कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो । 

मकवानपुरमा पुस १४ गतेसम्म अभियान सञ्चालन हुने बताइएको छ । 

स्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष भरतमणि पाण्डेको अध्यक्षतामा भएको हो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय लगायत विभिन्न प्रदेश मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button