तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ८१ कोरोना संक्रमित थपिए, २ सय ८९ सङ्क्रमणमुक्त

फाइल तस्बिर

काठमाडौँ । देशभरि आज थप १ सय ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

९ हजार ८ सय ७२ नमुनाको परिक्षण गर्दा १ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
गएको २४ घण्टामा कोरोनाबाट २ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९८ प्रतिशत छ । 

आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । 

देशैभरि कोरोनाका ५ हजार २ सय ७१ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button