प्रदेश नम्बर १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु

पाँचथर । पाँचथरमा सप्ताहव्यापी कार्यक्रम ट्राफिक सप्ताह आजबाट सुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम ट्राफिक सप्ताह आज बाट सुरु भएको हो । शेभ ड्राइभ, लङ्ग लाइफ भन्ने नारा सहित यो सप्ताह सुरु भएको हो ।
पाँचथरमा सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न साताव्यापी कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट जिल्ला समन्वय समितिको सभाहल सम्म र्याली गरी ट्राफिक सप्ताहको औपचारिक समुद्घाटन गरिएको छ ।
ट्राफिक सप्ताह पुस ४ गते देखि १० गते सम्म सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख दीपक दुलाल जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्ने मास्क स्यानिटाइजर वितरण गर्ने लगाएका कार्यक्रम रहेका छन् ।
साथै राजमार्गका अव्यवस्थित टहरा हटाउने, होडिङ्ग वोड, ट्राफिक चिन्न राख्ने, सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने, सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, पार्किङ व्यवस्थापन, विद्यालय तथा कलेजहरूका ट्राफिक नियाको बारेमा जनचेतना मूलक कार्यक्रम आयोजना गर्ने लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने ट्राफिक सप्ताह कार्यक्रम अवधिभर विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
चालकको स्वास्थ्य परीक्षण समेत गर्ने भएको छ । यसै गरी ट्राफिक सप्ताह अन्तर्गत सवारी साधनको मेकानिकल चेकजाँच समेत अनुभवी मेकानिकद्वारा सडकमै गर्ने र सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्