तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन : केन्द्रीय सदस्यको मतगणना जारी, कोइराला अग्रस्थानमा

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । 

विभिन्न १५ वटा समूहमा मतगणना भइरहेको र आज दिउसो ४ बजेसम्म नतिजा आइसक्ने काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव श्रेष्ठका अनुसार डा. शशांक कोइराला सर्वाधिक मतका साथ शीर्ष स्थानमा हुनुहुन्छ ।काँग्रेसको ३५ खुला सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button