कुलोमा डुबेर युवाको मृत्यु
पाल्पा । पाल्पाको रामपुर नगरपालिका ६ विजयपुरमा कुलोमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय राजु पौडेल रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका माछा मारेर घर फर्किने क्रममा कुलोमा खसेका पौडेललाई थप उपचारको लागी रामपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेका हो ।








प्रतिक्रिया राख्नुहोस्