सातौँ हेटौँडा भेट्रान्स कपको उपाधि एविसी पोखरालाई
मकवानपुर । हेटौँडामा सम्पन्न सातौँ हेटौँडा भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जितेको छ ।
हेटौँडा ५ क्याम्पा चौरमा शनिबार भएको फाइनल खेलमा नागस्वती भेट्रान्स हेटौँडालाई २–१ गोल अन्तरले पराजित गर्दै एविसीले उपाधि कब्जा गरेको हो ।

फाइनल खेलमा पोखराले सातौँ मिनेटमा हरि खड्काको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । तर, खेलको १७ औँ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको दोस्रो हाफको २७ औँ मिनेटमा पोखराको तर्फबाट नरेन्द्रजंग गुरुङले थप एक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा थप गोल हुन नसकेपछि पोखरा उपाधि चुम्न सफल भयो । खेलको म्यान अफ द म्याच पोखराका नरेन्द्रजंग गुरुङ घोषित हुनुभयो ।
उपाधिसँगै पोखराले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त प्राप्त गरेको छ भने उपविजेता बनेको नागस्वती भेट्रान्सले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्यो ।

खेलको उत्कृष्ट गोल किपर पोखराका सूर्य शर्मा, प्रशिक्षक पोखराकै सुरज गुरुङ, मिड फिल्डर पोखराकै महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी पोखराकै विश्वराज श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित घोषित हुँदै ट्रफि र जनही पाँच पाँच हजार नगद सहित पुरस्कृत हुनुभयो ।
विजेता र उपविजेता टोलीलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्