तपाईँ सुन्दै हुनुहुन्छः

८० फिट उचाइको बुद्ध मूर्तिको शिलान्यास

सिन्धुपाल्चोक । एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाइको ) बुद्ध मूर्तिको शिलान्यास गरिएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङमा उक्त बुद्ध मूर्तिको शिलान्यास भएको हो । 

५ करोडको लागतमा बन्ने उक्त मूर्तिको शिलान्यास पूर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गर्नुभएको हो । ढुङ्गामा छिनो र हम्मरले हानेर बुद्ध मूर्तिको शिलान्यास गरिएको थियो ।

दुई बर्ष भित्रमा मूर्तिको निर्माण कार्य सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । मूर्ति निर्माण लगायत वरिपरिको संरचना निर्माणको लागि १० करोड लाग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button