तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

file photo

संसद्मा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । 

शुक्रवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button