रेड स्टार क्लब झापा बन्यो तेस्रो फिदिम नगर कप विजेता
पाँचथर । स्वतन्त्र क्लब रानिटारद्वारा आयोजित तेस्रो संस्करणको फिदिम नगर कप फुटबल कर्णसिंह सोनाम मेमोरियल एफसी ताप्लेजुङ र रेड स्टार क्लब झापाबिच भएको खेलमा खेलमा रेड स्टार क्लब झापा विजेता बनेको छ ।
आज भएको फाइनल खेलमा ताप्लेजुङलाई ३–० ले हराउँदै झापाले उपाधि जितेको हो । रेड स्टारका खेलाडी मिलन राई, रोहण कार्की र सरोज कार्कीले गोल गर्नुभएको थियो ।
फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार झापाका मिलन राईले पाउनुभयो ।
उपाधि जितेसँगै झापाले नगद रु १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको कर्णसिंह सोनाम मेमोरियल एफसी ताप्लेजुङले नगद रु ८० हजार प्राप्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्